साताको सेयर बजार : ४१ अर्ब ६३ करोडको कारोबार

  • १४६
  • शनिबार, १२ भाद्र २०७८


काठमाडौं । सार्वजनिक बिदाका कारण यस साता धितोपत्र बजारमा तीन दिन मात्रै सेयर कारोबार भयो । आइतबार र सोमबार सार्वजनिक बिदाका कारण बजार बन्द रह्यो । मङ्गलबार, बुधबार र बिहीबार सेयर कारोबार भयो । यस साता जलविद्युत् कम्पनीको सेयरमा केही दबाब देखा पर्‍यो ।

साताभर कुल २३२ कम्पनीको ६ करोड ६६ लाख ६ हजार ४७५ कित्ता सेयर कारोबार भयो । साताभरको कुल कारोबार ४१ अर्ब ६३ करोड ८५ लाख ४६ हजार ३५६ रुपैयाँ बराबर रह्यो । कारोबार भएका ती दिनमा पनि बजार उतार–चढावपूर्ण अवस्थामा रह्यो ।

 

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.