एक–दुई पात पहेँलिएर खस्दैमा रुखलाई फरक पर्दैन : ओली

  • १३४
  • शनिबार, १२ भाद्र २०७८


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने बताएका छन् ।

ललितपुरको महालक्ष्मी नगरपालिकामा पार्टीको नगर कमिटी, वडा कमिटी र अखिल नेपाल महिला संघको घोषणा कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले भने, “एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक पर्दैन । रुखमा नयाँ–नयाँ पालुवा पलाउँदै छन् । नयाँ–नयाँ हाँगा हाल्दै छन् ।”


अध्यक्ष ओलीले एक–दुईवटा पात खस्दैमा रुखलाई फरक नपरेजस्तै पार्टीमा विभाजन गरी कोही जाँदैमा फरक नपर्ने बताए । महासागरजस्तो एमाले पार्टीमा पौडी खेल्ने ठाउँ नभएर केही साथीले खाल्टो खनेको बताउँदै उनले पार्टीको केही साथीहरू प्रतिक्रियावादी र विदेशीको चंगुलमा परेर पार्टी विभाजन गरेको आरोप लगाए ।

“पार्टीका केही मानिसलाई मैले धेरै सम्झाउन र बुझाउन कोसिस गरेको थिएँ,” उनले भने, “एमालेलाई ध्वस्त पार्छु भनेपछि त्यस्ता मानिसलाई सम्झाएर र बुझाएर सकिँदैन ।”

अध्यक्ष ओलीले आगामी निर्वाचनमा आफूविरुद्ध भएको षड्यन्त्रको एकमुष्ट जवाफ दिने उल्लेख गर्दै मुलुकलाई पछौटेपनबाट आधुनिक, अविकसितबाट विकसित, कृषिको व्यावसायिकीकरण, उद्योगको आधुनिकीकरण, डिजिटल नेपालको परिकल्पनालाई साकार पार्ने काम अब एमालेले गर्ने बताए ।

कार्यक्रमम एमाले केन्द्रीय सदस्य महेश बस्नेतले पार्टी विभाजन गरी कोही गए पनि फरक नपर्ने बताए ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.