भक्तपुरमा ११२ सहित काठमाडौं उपत्यकामा ५४९ संक्रमित थपिए

  • १३९
  • शनिबार, १२ भाद्र २०७८


काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार १७६ वटा स्वाब नमुनाको परीक्षण गर्दा देशभर एक हजार ८५७ जनामा संक्रमण देखिएको थियो । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै ५४९ संक्रमित थपिएका हुन् ।


पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमा काठमाडौंमा मात्रै ३७० जना छन् । यस्तै, ललितपुरमा ६७ र भक्तपुरमा ११२ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर २७ जनाको मृत्यु पुष्टि भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा देशभर दुई हजार २२२ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.