नेप्सेको सञ्चालकबाट चन्द्र ढकालको राजीनामा

  • १०९
  • बुधबार, ९ भाद्र २०७८

काठमाडौँ। नेपाल स्टक एक्सचेन्च (नेप्से)को सञ्चालक समितिबाट उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले राजीनामा दिएका छन् । सर्वोत्तम सिमेन्टको शेयर प्रकरणमा विवादमा परेका ढकालले बुधबार सञ्चालकबाट राजीनामा दिएका हुन् ।

ढकाल नेप्सेको सञ्चालक रहेकौ समयमा उनका भाइले सर्वोत्तम सिमेन्टको शेयर किनेको पाइएपछि ढकाल विवादमा तानिएका थिए ।

सर्वोत्तम सिमेन्टको शेयर बुक बिल्डिंग विधिबाट जारी हुनु अगावै शेयर किनबेच भएको थियो । यहीह प्रकरणमा मुछिएका नेप्सेका सीईओ चन्द्रसिंह साउदले मंगलबार पदबाट राजीनामा दिएका थिए । यो प्रकरणमा नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष भिष्म ढुंगाना पनि मुछिएका छन् ।

ढकाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिको हैसियतमा नेप्सेको सञ्चालक बनेका थिए । अब महासंघबाट अर्को प्रतिनिधि सञ्चालकमा पठाइने महासंघले जनाएको छ ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.