अध्यादेशको चर्चापछि ओलीले डाके स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै

  • १३७
  • मंगलवार, १ भाद्र २०७८


काठमाडौँ। संघीय संसदको दुबै अधिवेशन अन्त्य गरेको सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको चर्चापछि नेकपा एमालेमा तरंगित बनेको छ ।

अधिवेशन अन्त्यको सूचना सार्वजनिक भएसँगै आफू निकटका नेताहरुसँग सोमबार राति नै छलफल गरेर पार्टी एकताका लागि एक जुट आह्वान गरेका ओलीले आज स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएका छन् ।

केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आज विहान ११ बजे स्थायी कमिटी र ३ बजे संसदीय दलको बैठक बोलाइएको स्थायी छ । स्थायी कमिटी च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ भने संसदीय दलको बैठक संसद भवन बानेश्वरमा बस्ने जनाइएको छ ।

०७७ फागुन २३ मा सर्वोच्च अदालतले एमाले ब्यूँताएपछि ०७५ जेठ २ अघिको अवस्थाबाट पार्टी अघि बढाउनु पर्ने मागसहित एमालेको नेपाल(खनाल पक्ष संघर्षरत छ ।

तर, आफ्नै पार्टीको सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनाउँदा पनि कार्यदलमा भएको १० बुँदे सहमतिबमोजिम पार्टीका बैठक अघि बढाएको भन्दै नेपालसँग ओली सकारात्मक छैनन् ।

एमाले विवाद ‘वारपार’ नहुँदा माधव नेपाल पक्षलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने देउवाको चाहाना पूरा हुन सकेको छैन ।

नेपाल पक्ष सरकारमा सहभागी हुन चाहे पनि मौजुदा कानुनी व्यवस्था बाधक भएको भन्दै सरकारमा जान सकिरहेको छैन । तर, दल विभाजनसम्बन्धी सहज व्यवस्थासहितको अध्यादेश आए नेपाल पक्ष नयाँ दल खोलेर सरकारमा जान तयार भएपछि देउवाले अध्यादेश ल्याउन लागेको चर्चा चुलिएको छ ।

 

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.