अफगानिस्तानबाट विदेशीको धमाधम उद्धार, एयर ट्राफिकमा अमेरिकाको नियन्त्रण

  • १५९
  • सोमबार, ३२ साउन २०७८


काठमाडौँ। अमेरिकाले अफगानिस्तानको दूतावासमा रहेका आफ्ना सबै कर्मचारी फिर्ता लगेको छ । दूतावास भवनबाट अमेरिकी झण्डा निकालिएको छ ।

अमेरिकी सेनाले एयरपोर्टको एयर ट्राफिक आफ्नो नियन्त्रणमा राखेको जनाएको छ । दुई दिनमा अफगानिस्तानमा रहेका हजारौँ अमेरिकीलाई त्यहाँबाट निकाली सक्ने जनाइएको छ । यसका साथै केही अफगानीलाई पनि अमेरिकी सेनाले उद्धार गरेर आफ्नै देशमा लाने जनाइएको छ ।

यसका लागि ६ हजार अमेरिकी सैनिक अहिले अफगानिस्तानमा छन् । अहिले सयौँ व्यक्ति अफगानिस्तान छाड्न हतारिएका छन् । जुनसुकै बेला तालिवानबाट आफूहरूमाथि आक्रमण हुने हो कि भनेर उनीहरू त्रासमा छन् ।

जनरल फ्रान्क म्याकेन्जीले दोहामा रहेका तालिवान नेतासँग भेट गर्दै आफ्ना सम्पूर्ण नागरिकलाई सुरक्षित ढङ्गले बाहिर निकाल्ने कुरामा सहमत गराएका थिए ।

आइतबार काबुललाई तालिवानले नियन्त्रण लिएको केही बेरमै अमेरिकाले आफ्ना ५ सय जना कर्मचारीलाई आइतबार नै फिर्ता लगेको थियो । चार हजारमध्ये बाँकी रहेका कर्मचारी सोमबार बाहिर निकालिएका हुन् ।

यतिमात्र होइन, संयुक्त अरब इमिरेट्स ९युएई० ले समेत त्यहाँ रहेका कूटनीतिक नियोगका व्यक्तिलाई उद्धार गर्न पहल जारी राखेको छ । यूएईले फ्रान्स, संयुक्त अधिराज्य, युरोपेली युनियन, क्यानडा, अस्ट्रेलिया, अमेरिका, जर्मनी र इजिप्ट लगायत देशका कर्मचारीको उद्धार गर्न युएईले पहल जारी राखेको छ ।

 

यसैबीच अफगान राष्ट्रपति अस्राफ घानीले देश छाड्ने निर्णय कठिन रहेको जनाएका छन् । फेसबुक स्ट्याटस मार्फत उनले आफू देशको सेवा गर्न अझै तयार रहेको पनि जनाएका छन् ।

उनले आफूले शान्तिपूर्णरूपमा सत्ता नछाडेको भए तालिवानले काबुल नै रक्ताम्मे बनाउने योजना बनाएको र सत्ता छाडेर धेरैको ज्यान जोगाएको उल्लेख गरेका छन् ।

आइतबार नै उनी ताजकिस्तान गएको भनिए पनि ताजकिस्तान अन्तिम लक्ष्य नरहेको जनाइएको छ । अफगानिस्तानमा आएको संकट बारे अमेरिकी राष्ट्रपति जो वाइडेनले केही दिनमै राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।

संयुक्त राष्ट्र संघले मानव अधिकारवादी सङ्गठनसँग मिलेर तयार गरेको रिपोर्टअनुसार पछिल्लो एक महिनामा १७ हजार ५ सय व्यक्ति विस्थापित भएका छन् । तीमध्ये धेरै जना गजनी र लोहार प्रान्तबाट अहिले काबुलमा शरणार्थीको रूपमा बसोबास गर्नेहरू छन् ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.