रियलको सुखद सुरुवातमा बेन्जिमाको दुई गोल

  • १२४
  • आइतबार, ३१ साउन २०७८


काठमाडौं । करिम बेन्जिमाको दुई गोलको सहयोगमा रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा सुखद सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा डिपोर्टिभो अलाभेसलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

गत सिजन ट्रफीलेस भएको रियलले यो सिजन भने उत्कृष्ट सुरुवात गरेको छ । आलाभेसको घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन करिम बेन्जिमाले दुई गोल गरे ।

 

यस्तै नाचो फर्नान्डेज र भिनिसियस जुनियरले एक एक गोल गरे । उता आलाभेसका लागि जोसेलुले एक गोल फर्काए ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको रियलले दोस्रो हाफमा चार गोल गर्न सफल भएको हो ।
जितसँगै रियलले सिजनको पहिलो खेलमा ३ अंक जोडेको छ । यता भने अलाभेसले भने हारबाट सिजनको सुरुवात गरेको छ ।

लामो समयपछि रियलमा फर्केका कार्लोस एन्सेलोटीले पनि जितबाट सिजनको सुरुवात गरेका छन् ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.