एडल्ट फिल्म स्टार बन्न चाहन्थे शाहरुख

  • १४९
  • शनिबार, ३० साउन २०७८


मुम्बई(दैनिक जागरण)। बलिउड सुपरस्टार शाहरुख खान बलिउडको बौद्धिक अभिनेताका रुपमा चिनिन्छन् । उनको चतुर शैली र सेन्स अफ ह्युमरबाट जोकोही प्रभावित छन् । शाहरुख सामाजिक सञ्जालमा निकै सक्रिय छन् । उनी फ्यानका जस्तो सुकै प्रश्नको सरल र सहज किसिमले उत्तर दिन्छन् । जुन उत्तरले उनी समय–समयमा विवादमा पनि तानिन्छन् ।

सन् २००९ मा शाहरुख प्रवद्र्धन गुरु अरिन्दम चौधरीको पुस्तक ‘डिस्कभर द डायमण्ड इन यू’ सार्वजनिक गर्ने कार्यक्रममा उपस्थित थिए । जहाँ उनले आफ्नो एक अनौठो इच्छाको खुलासा गरेका थिए ।

कार्यक्रममा शाहरुखले आफू एक एडल्ट फिल्मको स्टार बन्न चाहेको बताउदा कार्यक्रममा उपस्थित सबै चकित परेका थिए ।

‘म जहिल्यै एडल्ट फिल्मको स्टार बन्न चाहन्थें । म एडल्ट फिल्म स्टार बन्नका लागि पुरा सकारात्मक र स्पष्टताका साथ काम गर्न चाहन्थें’, उनले भनेका छन् ।

शाहरुखले आफू सिल्वेस्टर स्टेलोनको ठूलो फ्यान रहेकाले उनकै पदचाप पछ्याउन चाहेको खुलाएका थिए । किनकी सिल्वेस्टर हलिउडमा सुपरस्टार बन्नु अघि एडल्ट फिल्मको स्टार थिए । कार्यक्रममा शाहरुखले आफू एक सफल एडल्ट स्टार बनेर देखाउने घोषणै गरेका थिए ।

शाहरुख चाँडै नै सिद्धार्थ आनन्दको एक्सन थ्रिलर फिल्म ‘पठान’मा देखिँदैछन् । यो फिल्ममार्फत उनी ४ वर्षपछि दर्शकमाझ आउँदैछन् । उनी एटलीको नयाँ फिल्म ‘साँकी’मा दक्षिण भारतीय अभिनेत्री नयनताराका साथ देखिँदैछन् ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.