सानिमा लाइफको आईपीओ पर्यो कि परेन? हेर्नुहोस् यी ४ साइटबाट नतिजा

  • २३४
  • शनिबार, ३० साउन २०७८

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर नतिजा भने दिउँसो १२ बजेपछि मात्रै हेर्न मिल्ने विक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी दिएको छ । संस्थाको आईपीओको नतिजा चार वटा साइटबाट हेर्न सकिनेछ ।

आईपीओ को नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ । जस अनुसार सानिमा लाइफको वेबसाइट https://sanimalife.com/बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट http://results.prabhucapital.com/ सिडीएससीको मेरो शेयरको वेबसाइट http://meroshare.cdsc.com.np सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.np बाट हेर्ने सकिने छ ।

कम्पनीले साउन २० गतेदेखि २४ गतेसम्म सार्वजनिक निष्काशन गरेको प्राथमिक शेयरमा २४ लाख १९ हजार ८४८ जनाले आवेदन दिएका थिए । उनिहरुले तीन करोड ६९ लाख ५१ हजार ८० कित्ताको लागि आवेदन दिएका थिए ।

विभिन्न कारणले एक लाख ६ हजार २९२ जनाको आवेदन रद्द भएको छ । त्यस्तै दोहोरो आवेदन दिने ५ हजार ४३४ जनाको पनि आवेदन रद्द भएको बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ । दुबै कारणले आवेदन रद्द हुनेको संख्या एक लाख ११ हजार ७२६ जना रहेका छन् ।
यस हिसाबले योग्य आवेदकको संख्या २३ लाख ८ हजार १२२ जना रहेको छ । उनिहरुले तीन करोड ४२ लाख ५ हजार २० कित्ताको लागि आवेदन दिएका थिए ।

सर्वसाधारण समुह तर्फको ६० लाख कित्तामध्ये ५ प्रतिशत अर्थात तीन लाख कित्ता कर्मचारी र यतिनै बराबरको शेयर म्युचुअल फण्डलाई बाँडफाँड गरिएको छ । बाँकी रहेको ५४ लाख कित्ता आम सर्वसाधारणले प्राप्त गर्न सक्नेछन् । योग्य २३ लाख ८ हजार १२२ आवेदनमध्ये भाग्यसाली ५ लाख ४० हजारले १०र१० कित्ता शेयर प्राप्त गर्न सक्ने छन् । बाँकि १७ लाख ६८ हजार १२२ जनाको हात खालि भएको छ ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.