ब्रेन्टपोर्डसँग आर्सनल पराजित

  • ८४
  • शनिबार, ३० साउन २०७८


काठमाडौं । प्रिमियर लिग फुटबलमा आर्सनलले नयाँ सिजनमा कमजोर सुरुवात गरेको छ । लिग अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा आर्सनल पराजित भएको हो । शुक्रबार राति भएको पहिलो खेलमा आर्सनल नवप्रवेशी क्लब ब्रेन्टफोर्डसँग २–० ले पराजित भयो ।

घरेलु मैदानमा ब्रेन्टफोर्डलाई जित दिलाउन सेर्गी कानोस र क्रिस्टियन नोएर्गार्डले एक–एक गोल गरे ।

खेलको २२ औं मिनेटमा सेर्गीले गोल गर्दै ब्रेन्टफोर्डलाई सुरुवाती अग्रता दिलाएका थिए । ७३ औं मिनेटमा क्रिस्टियनले गोल गर्दै ब्रेन्टफोर्डलाई २–० को जित दिलाए ।

जितसँगै ७४ वर्ष पछि प्रिमियर लिगमा बढुवा भएको ब्रेन्टफोर्डले लिगमा सुखद सुरुवात गरेको हो । आर्सनलले भने हारबाट सिजनको सुरुवात गरेको छ । आर्सनलले गत सिजन पनि कमजोर प्रदर्शन गरेको थियो ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.