सानिमा लाइफको आइपीओ बाँडफाँड आज , १७ लाख ६८ हजारको हात खाली हुने

  • ९२
  • शनिबार, ३० साउन २०७८


काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको प्राथामिक शेयर भोलि शनिबार बिहान ११ बजे सानिमा लाइफ इन्स्योरेन्सको दरबारमार्ग स्थित बिजनेस कार्यालयमा बाँडफाँड हुँदैछ । कम्पनीले निष्काशन गरेको आइपीओमा योग्य आवेदक २३ लाख १३ हजार ५५६ जनामध्ये १७ लाख ६८ हजार १२२ जना आवेदकको हात खालि हुने भएको छ । कम्पनीले साउन २० गतेदेखि २४ गतेसम्म सार्वजनिक निष्काशन गरेको प्राथमिक शेयरमा २४ लाख १९ हजार ८४८ जनाले आवेदन दिएका थिए । उनिहरुले तीन करोड ६९ लाख ५१ हजार ८० कित्ताको लागि आवेदन दिएका थिए ।

विभिन्न कारणले एक लाख ६ हजार २९२ जनाको आवेदन रद्द भएको छ । त्यस्तै दोहोरो आवेदन दिने ५ हजार ४३४ जनाको पनि आवेदन रद्द भएको बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ । दुबै कारणले आवेदन रद्द हुनेको संख्या एक लाख ११ हजार ७२६ जना रहेका छन् ।
यस हिसाबले योग्य आवेदकको संख्या २३ लाख ८ हजार १२२ जना रहेको छ । उनिहरुले तीन करोड ४२ लाख ५ हजार २० कित्ताको लागि आवेदन दिएका थिए ।

कम्पनीले सर्वसाधारणका लागि ५४ लाख कित्ता शेयर शेयर बिक्री खुला गरेको थियो । धितोपत्र बाँडफाँड निर्देशिका अनुसार ५ लाख ५० हजारले १०र१० कित्ताका दरले प्राथमिक शेयर प्राप्त गर्न सक्ने छन् ।

सर्वसाधारण समुह तर्फको ६ लाख कित्ता मध्ये ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत म्युचुअल फण्डका लागि बाँडफाँड गरिएको छ । कर्मचारीहरुले तीन लाख कित्ता र म्युचुअल फण्डले तीन लाख कित्ता शेयर प्राप्त गरेका हुन् ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.