पीएसजीसँगको सम्झौताका लागि मेस्सी पेरिस प्रस्थान

  • १२९
  • मंगलवार, २६ साउन २०७८


काठमाडौं । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले स्पेनिस क्लब बार्सिलोना छोडेको केही दिन भयो । मेस्सीलाई आफ्नो क्लब ल्याउनका लागि विश्व फुटबलका ठूला क्लबले प्रयास गरे ।

तर उनी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा जाने पक्का भएको छ । पीएजीसँगको सम्झौताका लागि मेस्सी फ्रान्सको पेरिस प्रस्थान गरेका छन् । मेस्सी मंगलबार बार्सिलोनाबाट पेरिस प्रस्थान गरेका हुन् ।

 

पीएसजीसँग दुई वर्षे अनुबन्धको सहमति बनेपछि मेस्सी पेरिस लागेका हुन् ।

६ पटकको बालोन डी’ओर विजेता मेस्सीले २१ वर्षपछि बार्सिलोना छाडेर फ्रेन्च क्लबमा आबद्ध हुन लागेका हुन् ।

३४ वर्षीय मेस्सीले २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए । बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरेका छन् ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.