प्रचण्ड र नेपालबीच एक घण्टा भेटवार्ता

  • ४०
  • मंगलवार, १९ साउन २०७८


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एमाले०का वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

आज बिहान प्रचण्ड र नेता नेपालबीच कोटेश्वरमा भेटवार्ता भएको हो । उनीहरुबीच नेपाल निवासमा नभई कोटेश्वरस्थित एक नेताको निवासमा भेटघाट भएको बताइएको छ ।

 

उनीहरुबीच बिहान ९ देखि १० बजेसम्म करिब एक घण्टा छलफल भएको थियो । दुई नेताबीच छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । छलफलको विषयवस्तुबारे भने खुलाइएको छैन ।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच भेटवार्ता हुने चर्चा चलिरहेका बेला दुई नेताको भेट भएको हो । ओली र नेपालबीच आज भेटवार्ताको तयारी रहेको नेताहरुले बताएका छन् ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.