आज बाट काठमाडौंमा हट्यो जोर–बिजोर प्रणाली

  • २७
  • मंगलवार, २२ आषाढ २०७८


काठमाडौं । काठमाडौं उपत्यकाभित्र सार्वजनिक तथा निजी सवारी साधनमा लगाइँदै आएको जोर–बिजोर प्रणाली हटेको छ । आजदेखि जोर–बिजोर प्रणाली हटाइएको हो । कोरोना संक्रमण कम हुँदै गएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइक्रो, टेम्पोलगायत साना सवारी साधन पनि सञ्चालन गर्न दिएको छ ।

सफा टेम्पो र निलो माइक्रो पनि सञ्चालन गर्न पाइने छ । यसअघि २५ सिट क्षमताभन्दा बढीका सवारी साधन मात्रै चलाउन दिइएको थियो । स्वास्थ्य सुरक्षा मापदण्ड भने अनिवार्य पालना गर्नुपर्ने छ । यातायात व्यवसायीको माग र चर्को दबाबपछि जोर–बिजोर प्रणाली हटाइएको हो भने साना सवारी सधान पनि सञ्चालन गर्न दिइएको हो ।

 

काठमाडौं उपत्यका बाहिरबाट आउने सवारी साधनले भने जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने छ ।

 सभा तथा सम्मेलन गर्न रोक लगाइएको छ । क्लब, सिनेमा हल खोल्न पाइने छैन ।

२५ जनाभन्दा बढी उपस्थित हुन तथा कुनै पनि कार्यक्रम गर्न पाइने छैन ।

औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल जुनसुकै समयमा निर्बाध रुपमा संचालन गर्न पाइने छ । तर अन्य पसल तथा व्यवसायहरु साँझ ६ बजेसम्म मात्रै संचालन गर्न पाइने । पसल तथा व्यवसाय संचालन गर्दा कम्तिमा २ मिटरको भौतिक दूरी कायम गर्नुपर्ने छ । अनिवार्य रुपमा स्यानिटाइजर व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने छ । यदि तोके बमोजिम स्वास्थ्य मापदण्ड परिपालना नगरेको अनुगमनको क्रममा भेटिएमा पसल तथा व्यवसाय तत्काल बन्द गरिने बताइएको छ ।

अत्यावश्यक वस्तुहरुको अनलाइन अर्डर, रेष्टुरेण्ट एवं फास्टफुड तथा अन्य अर्डरहरु टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि काठमाडौं उपत्यका भित्र साँझ ७ बजेसम्म संचालन गर्न पाइने छ ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.