शाकिरी चम्किदा स्विट्जरल्यान्डको जित

  • ९४
  • सोमबार, ७ आषाढ २०७८


काठमाडौं । जारी युरोकप फुटबलमा स्विट्जरल्यान्डले पहिलो जित निकालेको छ । आइतबार राति भएको समूह चरणको अन्तिम खेलमा स्विट्जरल्यान्डले टर्कीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

स्विट्जरल्यान्डलाई जित दिलाउन जेर्दन शाकिरीले दुई गोल तथा ह्यारिस सेफेरोभिकले एक गोल गरे । टर्कीका लागि खेलको ६२ औँ मिनेटमा इरफान काभेसीले एक गोल गरे ।

जितपछि स्विट्जरल्यान्ड नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बढेको छ । तर, त्यसका लागि अन्य समूहका खेलको नतिजा कुर्नुपर्ने हुन्छ । समूह ‘ए’ मा अङ्कविहीन बनेको टर्की भने प्रतियोगिताबाट बाहिरिएको छ ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.