भक्तपुरको कमलबिनायकमा लान्चापलि (लान्चा फाल्चा) को शिलान्यास

  • १०९
  • सोमबार, ३१ जेठ २०७८


भक्तपुर। भक्तपुर नगरपालिका–१० कमलबिनायकस्थित लान्चापलि (लान्चा फाल्चा) को शिलान्यास गरिएको छ ।

आज एक समारोहबीच वडाध्यक्ष लक्ष्मी प्रसाद ह्यौमिखाले लान्चापलिको शिलान्यास गरेका हुन् ।

 

लान्चापलिको अर्थ पहिला पहिला नगरकोटबाट आउने बटुवाहरु पर्खेर जाने र माथि पट्टि भएकोले वा बाटोभन्दा माथि भएकोले लान्चापलि भनिएको स्थानीय बुढापाकाहरुको भनाई रहेको छ । धेरै वर्ष पहिले यो पाटी भत्किएकाले यो क्षेत्रको नाम नै भत्केको पाटी नामाकरण भएको थियो ।

उक्त कार्यक्रममा अध्यक्ष ह्यौमिखाले पुर्खौली सम्पतिहरु सम्पदाको संरक्षण गर्ने उदेश्यले धेरै बर्ष भग्नाबशेषको रुपमा रहेको र हराएर गएको लान्चापली पुनःनिर्माण गर्न लागेको बताए । उनले निषेधाज्ञाका कारण विकास निर्माणका ढिलाई भईरहेको साथै कोरोनाको महामारीले बजेटको समेत समस्या देखिएको बताउँदै नगरपालिकाले नगरबासी जनताहरुको स्वास्थ्यमा प्रथामिकता दिएको बताए ।

उनले नगरपालिकाको अक्सिजन प्लान्टको लागि जिल्ला जिल्लाबाट सहयोगहरु आइरहेको बताउँदै अक्सिजनको अभावमा कोहींपनि जनताको मृत्यु हुनु नपरोस् भनि घरघरमा समेत वितरण गर्न सक्ने गरी उत्पादन गर्ने सोच रहेको बताए । साथै टोल टोलमा कोरोना परिक्षणको एन्टिजेन परिक्षण कार्यक्रमहरु भईरहेको समेत जानकारी दिए ।

कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष कृष्ण नारायण दुमरु र सचिव महाबीर अमात्यले बोलेका थिए ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.