भक्तपुरमा ६६ जना सहित काठमाडौं उपत्यकामा थप ६०७ जनामा कोरोना संक्रमण

  • ८०
  • सोमबार, ३१ जेठ २०७८


काठमाडौं। काठमाडौं उपत्यकामा आज थप ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल ६०७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

 

पछिल्लो २४ घण्टामा काठमाडौंमा ३९६ जना, भक्तपुरमा ६६ जना र ललितपुरमा १४५ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो विवरण अनुसार काठमाडौंमा मात्रै सक्रिय संक्रमितको संख्यामा ८ हजार १८२ रहेको छ । काठमाडौंमा हालसम्म निको भएकाहरुको संख्या १ लाख ८९ हजार ३१२ रहेको छ भने १ हजार ७८० जनाले ज्यान गुमाएका छन् । यो सहित हालसम्म काठमाडौंमा मात्रै कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार २७४ पुगेको छ ।

त्यस्तै, भक्तपुरमा मात्रै सक्रिय संक्रमितको संख्यामा २ हजार ४३४ रहेको छ । भक्तपुरमा हालसम्म निको भएकाहरुको संख्या १८ हजार ७५३ रहेको छ भने ३५१ जनाले ज्यान गुमाएका छन् । यो सहित हालसम्म भक्तपुरमा मात्रै कोरोना संक्रमितको संख्या २१ हजार ५३८ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यसैगरी, ललितपुरमा मात्रै सक्रिय संक्रमितको संख्यामा ३ हजार ४४२ रहेको छ । ललितपुरमा हालसम्म निको भएकाहरुको संख्या ३२ हजार २४२ रहेको छ भने ५१४ जनाले ज्यान गुमाएका छन् । यो सहित हालसम्म ललितपुरमा मात्रै कोरोना संक्रमितको संख्या ३६ हजार १९८ पुगेको छ ।२०७८ साल जेठ ३१ गते सोमबार

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.