सेयर बजारमा सामान्य करेक्सन, १६ अर्बमाथिको कारोबार

  • ९१
  • बिहीवार, २७ जेठ २०७८


काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य करेक्सन भएको छ । बिहीबार बजार परिसूचक नेप्से १.८० अंकले करेक्सन भएर २९४४.७८ अंकमा बन्द भएको छ ।

मंगलबार २०६०.१४ अंकको ऐतिहासिक विन्दुमा पुगेको नेप्से लगार दोस्रो दिन पनि करेक्सन भएको हो । बुधबार ‘इन्ट्रा–डे’ कारोबारमा ३००५ अंकसम्म पुगे पनि अन्तिममा घटेर बन्द भएको थियो । आज पनि बजारमा उचार–चढावबीच अन्तिममा सामान्य करेक्सन भएर बन्द भएको छ ।


बजार परिसूचकमा १.८ अंकको सामान्य करेक्सन हुँदा कारोबार रकम भने १६ अर्ब नाघेको छ । आज नेप्समा ३ करोड ६ लाख ६ हजार ६४४ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब १० करोड ४ लाख १२ हजारको कारोबार भएको छ ।

विकास बैंक वित्त कम्पनी र हाइड्रोपावर उपसूचकले बजारलाई उचाल्ने प्रयास गरे पनि बजारलाई लिग गर्ने बैंकिङसँगै जीवन बिमा उपसूचकमा गिरावट हुँदा नेप्सेमा करेक्सन भएको छ । आज नेप्सेमा हाइड्रोपावर उपसूचक २.९९ प्रतिशत, विकास बैक उपसूचक २.६३ प्रतिशत र वित्त कम्पनी उपसूचक २.५७ प्रतिशतले बढेको छ । यस्तै, लगानी उपसूचक पनि १.०८ प्रतिशतले बढेको छ ।

यता, जीवन बिमा उपसूचक १.४४ प्रतिशत, व्यापार उपसूचक ३७ प्रतिशत र बैंकिङ उपसूचकमा ०.९१ प्रतिशतले करेक्सन भएको छ ।

शतप्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम दिन लगानीकर्ता जलविद्युत् लगानी तथा विकास कम्पनीमा आकर्षित भएका छन् । कम्पनीको सर्वाधिक ९९ करोड ६५ लाख ६१ हजारको कारोबार हुँदा नेपाल पुनर्बिमा कम्पनीको ५७ करोड ५० लाख ८५ हजार र लुम्बिनी विकास बैंकको ४५ करोड ९३ लाख २ हजारको कारोबार भएको छ ।

आज नेप्सेमा १३ कम्पनीको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ । सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुनेमा पोखरा फाइनान्सबाहेक सबै हाइड्रोपावर रहेका छन् ।

नेप्सेमा सूचीकृत भएर बुधबारबाट कारोबार सुरु भएको सीर्डडीबी हाइड्रोपावरको सेयर मूल्य पनि लगातार दोस्रो दिन पनि सर्किट लेभलमा बन्द भएको छ ।

यता, गोर्खाज फाइनान्सको सेयर मूल्य सर्वाधिक ४.२५ प्रतिशतले गिरावट हुँदा हिमालयन जनरल इन्स्योरेन्सको ३.१९ र युनाइटेड इन्स्योरेन्सको ३.१८ प्रतिशतले सेयर मूल्य घटेको छ । त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको सेयर मूल्य २.६८ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका ९० कम्पनीको सेयर मूल्य बढ्दा ८९ कम्पनीको घटेको छ । यस्तै, तीन कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

 

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.