निषेधाज्ञा उल्लंघन गर्ने १ हजार बढी सवारी साधनमाथि कारबाही

  • १०६
  • बुधबार, २६ जेठ २०७८


काठमाडौँ। कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा उल्लंघन गर्ने १ हजार बढी सवारी साधनमाथि कारबाही गरिएको छ ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार बुधबार निषेधाज्ञाको अवज्ञा गरी चलाइएका १ हजार १५ सवारी साधनमाथि कारबाही गरिएको हो । निषेधाज्ञा उल्लंघन गरेको भन्दै ती सवारी साधनलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले होल्ड गरेको जनाएको छ।

जसमा ७६३ दुई पाङग्रे, १९१ ओटा चार पाङ्ग्रे, १२ ओटा ट्याक्सी र ४९ ओटा ठूला सवारी साधन रहेको प्रहरीले जनाएको छ ।

कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा निषेधाज्ञा जारी जारी छ । पछिल्लो पटक उपत्यकामा थप गरिएको निषेधाज्ञा जेष्ठ ३१ गतेसम्म कायम रहने छ ।

त्यसपछि भने निषेधाज्ञा केही खुकुलो गराउने तयारी गरिएको छ । निषेधाज्ञाकै अवधिमा पछिल्ले समय सडकमा सवारी साधान र मानिसहरुको चहलपहल तथा भिडभाड बढ्न थालेको छ ।

 

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.