नेपाल–खनाल समूहलाई पार्टीबाट छुट्टिएर जान पूर्वमन्त्री बाँस्कोटाको कटाक्ष

  • १०१
  • मंगलवार, २५ जेठ २०७८


काठमाडौँ।नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेपाल–खनाल पक्षलाई पार्टीबाट छुट्टिएर जान कटाक्ष गरेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको एकताको आह्वानमा नेपाल-खनाल समूहको जवाफपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो कटाक्ष गरेका हुन् ।

उनले नेपाल-खनाल समूहलाई ‘खरानी समूह’ भन्दै पार्टी एकताको ठोस आधार निर्माण गरेकोमा हार्दिक बधाई समेत दिएका छन् ।

बाँस्कोटाले माकेमा विलय हुने र कांग्रेस प्रवेश गर्ने उनीहरूको छलाङकारी यात्रामा आजबाट उप्रान्त कसैले अवरोध नगरोस् भन्दै शुभकामना समेत दिएका छन्।

व्यंग्यात्मक शैलीमा नेता बाँस्कोटाले भनेका छन्, ‘विधि, पद्दति, अनुशासन, संघीयता, पार्टी एकता, समाजवाद, लोकतन्त्र के के हो के के जोगाउने एमालेको खरानी समुहले आज पनि पार्टी एकताको ठोस आधार निर्माण गरेकोमा हार्दिक बधाई। माकेमा विलय हुने र कांग्रेस प्रवेश गर्ने उहाँहरुको छलाङकारी यात्रामा आज उपरान्त कसैले अवरोध नगरोस्,अग्रिम शुभकामना १’

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.