५३ अंकले बढ्दै नेप्से सुचकमा नयाँ रेकर्ड, नेप्से २९६०.१४ को बिन्दुमा

  • ११७
  • मंगलवार, २५ जेठ २०७८


काठमाडौं । साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से सूचक दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक ५३.४४ अंकले बढेर २९६०।१४ को बिन्दुमा पुगेको हो । यो हाल सम्मकै उच्च बिन्दु हो ।

आज १६ अर्ब ९५ करोड १२ लाख ९९ हजार ४० रूपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका २१८ कम्पनीको ३ करोड ५७ लाख ३ सय ७४ कित्ता शेयर खरिद बिक्रिबाट यो रकम बराबरको कारोबार भएको हो ।

आज मुक्तिनाथ विकास बैंक, हिमालयन जनरल इन्स्योरेन्स, जानकी फाईनान्स, समृद्धि फाइनान्स कम्पनी लगायत ३६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, आज इन्भेष्टमेन्ट, माईक्रो फाइनान्स र होटेल र पर्यटन बाहेक सबैको समूहगत सुचक बढेको छ । जसमा विकास बैंक समूहको सूचक सर्वाधिक बढी ९.४ प्रतिशतले बढेको छ भने फाईनान्स समूहको ८.७१ प्रतिशतले बढेको छ । त्यस्तै इन्भेष्टमेन्ट समूहको सुचक सर्वाधिक बढी ०.८८ प्रतिशतले घटेको छ ।

आज नेपाल पूनर्बीमा कम्पनीको सबैभन्दा धेरै १ अर्ब ६ करोड ५३ लाख र रसुवागढि हाइड्रोपावरको ४७ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.