लगानीकर्ताले सरकारलाई विश्वास गर्दा सेयर बजार बढ्यो : अर्थमन्त्री पौडेल

  • ११
  • मंगलवार, २५ जेठ २०७८


काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारलाई लगानीकर्ताले विश्वास गरेकै कारण आकर्षण बढेको बताएका छन् । मंगलबार नेपाल धितोपत्र बोर्डको १९औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले पछिल्लो समयमा बढेको पुँजी बजारलाई लगानीकर्ताको विश्वासको रुपमा अर्थ्याए ।

उनले बोर्ड अध्यक्ष भिष्मराज ढुंगानको तारिफ गर्दै बोर्डलाई बलियो नियामक निकायको रुपमा अगाडि बढाएको बताए । यस्तै, बजेटमा उल्लेख भएको वस्तु विनिमय बजारको सञ्चालनको लागि समयमै कदम चाल्नसमेत उनले आग्रह गरे ।

उनले बजेटले पुँजीबजाको विस्तारको लागि लगानीको क्षेत्र विस्तार गर्नुपर्ने बताए । त्यसको लागि बजेटले केही व्यवस्था पनि गरेको उनको दाबी छ ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.