आज नेप्से ०.२१ अंकले घट्यो, १५ अर्ब ८१ करोडको कारोबार

  • ६६
  • सोमबार, २४ जेठ २०७८


काठमाडौँ: सोमबार शेयर बजार मापक नेप्से परिसूचक ०.२१ अंकले घटेको छ । हिजो आइतबार हालसम्मकै उच्च अंकमा पुगेर रेकर्ड कायम गरेको नेप्से साताको दोस्रो कारोबार दिन आज भने ओरालो लागेको हो ।

सोमबार सुरुवातमा उच्च अंकले बढेको शेयर बजार केही करेक्सनसहित बन्द भएको छ । २९२८ अंकसम्म पुगेको बजारमा सामान्य करेक्सन देखिएको छ ।

बजार ०।२१ अंकले घटेर २९०६.७ मा बन्द भएको छ । सोमबार १५ अर्ब ८१ करोड रुपैयाँको शेयर किनबेच भएको छ । वित्तीय क्षेत्रतर्फको विकास बैंक फाइनान्स, जीवन र निर्जीवन बीमा समूह भने बढेको छ । लघुवित्त मात्र ओर्लिएको छ ।

बैंकिङ समूह अन्तर्गत कारोबार भएका सबै वाणिज्य बैंकहरुको मूल्य घटेको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.३८ अंकले घटेर ५२०.६३ को विन्दुमा झरेको छ । नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ७ वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ ।

 

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.