चुरे क्षेत्रबाट हामी एक डोको माटो पनि उठाउँदैनौँः अर्थमन्त्री पौडेल

  • ९९
  • सोमबार, २४ जेठ २०७८

काठमाडौँ। अर्थमन्त्री विष्णुप्रसाद पौडलले आ।व। २०७८/०७९ को बजेट कार्यान्वयन गर्न सरकारले ठोस पहलकदमी लिने बताएका छन्।

नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको बजेट कार्यान्वयनका चुनौती र तिनका समाधानका विषयमा भर्चुअल छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षका निम्ति ल्याइएको बजेट कार्यान्वयन हुने बताए।

चुनावी सरकारले ल्याएको बजेट कार्यान्वयन हुन कठिन हुनसक्ने आशंका गरिएकोप्रति लक्षित गर्दै उनले बजेट कार्यान्वयन र निर्वाचनको विषय सँगसँगै अगाडि बढ्ने बताए।

उनले भने, ‘बजेटको कार्यान्वयन र निर्वाचनको विषय सँगसँगै अगाडि बढ्छ एउटा छोड्नुपर्ने र एउटा समाउनुपर्ने विषय होइन। यी दुवै एकैसाथ बढाउनुपर्ने विषय हुन्। सरकारलाई निरन्तरतामा बुझ्नुपर्छ। सरकारको बजेटलाई पनि निरन्तरतामा बुझ्नु पर्दछ। वर्तमान सरकार बजेट कार्यान्वयनका निम्ति संकल्पवद्ध छ र यो बजेट कार्यान्वयन हुन्छ भन्ने मान्यतामा विश्वास गर्दछ। र त्यस हिसाबले पहलकदमी लिने कुरामा विश्वास गर्दछ।’

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.