२९०६.९१ अंकको ऐतिहासिक उचाइमा नेप्से

  • ४४
  • आइतबार, २३ जेठ २०७८

काठमाडौं । बैंकिङ क्षेत्रले लिड गर्दा सेयर बजार परिसूचक नेप्से नयाँ उचाइमा पुगेको छ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से ५०.१४ अंकले बढेर २९०६.९१ को ऐतिहासिक उचाइमा बन्द भएको छ ।

गत साताको अन्तिम कारोबार दिन बिहीबार २८५६.७७ अंकमा बन्द भएको नेप्से यो साताको पहिलो कारोबार दिन नै बैंकिङ उपसूचकले लिड गर्दा २९०० अंकको ऐतिहासिक विन्दु पार गरेको हो । बजार परिसूचकसँगै कारोबार रकमले पनि रेकर्ड कायम गरेको छ ।

बजेटपछिको पहिलो कारोबार दिन गत आइतबार जेठ १६ मा करिब १७ अर्ब ३ करोडको कारोबार भएको बजारमा आज उक्त रेकर्डलाई तोडेको छ । आज नेप्सेमा ३ करोड ७४ लाख ५५ हजार १८९ कित्ता सेयर किनबेच हुँदा १७ अर्ब २७ करोड १७ लाख ८७ हजारको कारोबार भएको छ ।

 

ने

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.