खाद्य र साल्ट ट्रेडिङले खाद्यन्नमा २० प्रतिशत छुट दिने, यी हुन् बिक्री हुने स्थान

  • २९३
  • बिहीवार, २० जेठ २०७८


काठमाडौँ। सरकारले भोलिबाट केही खाद्य वस्तुमा २० प्रतिशत छुट दिने भएको छ ।

आर्थिक वर्ष २०७८र७९ आय व्ययको बजेट वक्तव्यको ‘राहत सहुलियत र आर्थिक पुनरुत्थान’ कार्यक्रमको बुँदा नम्बर ५५ मा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ड ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट बिक्री हुने खाद्यन्नमा २० प्रतिशत छुट दिने व्यवस्था उल्लेख गरिएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्दै निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनबाट खाद्य पदार्थ खरिद गर्दा २० प्रतिशतसम्म छुट पाइने बताएका थिए ।

सोही व्यवस्थाअनुरुप कम्पनीसँग मौज्दातमा रहेको विभिन्न प्रकारका खाद्य सामग्रीहरु चामल, पिठो, दाल, नुन, दाने तेल, चिनीलगायत खाना पकाउने ग्यासको बिक्री मूल्यमा २० प्रतिशत छुट दिने कम्पनीले जनाएको छ ।

यी हुन् छुटमा पाइने खाद्यन्न

चामल : अरुवा मोटो चामल, अरुवा मकवानपुर चामल, अरुवा सोना मसिनो चामल, स्टिम सोना मसिनो चामल, अरुवा मध्यम चामल, स्टिम रञ्जित चामल, स्टिम जिरा मसिनो चामल र कर्णालीको सिमीमा साविक कायम बिक्री मूल्यमा २० प्रतिशत छुट ।

छुट सुविधामा प्राप्त हुने चामल प्याकिङको व्यवस्था गर्नुपरेमा अधिकतम ३० केजी र कर्णालीको सिमी बढीमा २ केजी मात्र प्रति परिवारका दरले उपलब्ध हुनेछ ।

यी हुन् बिक्री हुने स्थान :

काठमाडौँ उत्यकाको हकमा थापाथली, रामशाहपथस्थित बिक्री कक्ष, ललितपुर जिल्लाको नख्खु गोदाम र भक्तपुर जिल्लाको सूर्यविनायकमा रहेको बिक्री कक्षबाट ।

त्यस्तै अन्य जिल्लाको हकमा भने कम्पनीका कार्यालय तथा बिक्री कक्षहरू रहेको स्थानबाट बिक्री तिवरण गर्ने कम्पनीले जनाएको छ ।

उपभोक्ताले छुट सुविधाको खाद्य वस्तु खरिद गर्दा सम्पर्क नम्बरसहित पहिचान खुल्ने कुनै कागजात उपलब्ध गराउनु पर्नेछ ।

यो सुविधा निषेधाज्ञा जारी गरेको अवधिभर कायम रहने छ ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.