महन्थसहितका नेतालाई कारबाही गरेको पत्र निर्वाचन आयोेगमा

  • १४
  • मंगलवार, १८ जेठ २०७८


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरलगायत चार नेतालाई कारबाही गरेको जानकारी निर्वाचन आयोगलाई गराएको छ ।

उक्त पक्षले आज ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरणको जवाफ नदिएको भन्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो ।

उक्त जानकारीको पत्र आयोगमा दर्ता गरिएको नेता डम्बर खतिवडाले जानकारी दिए । जसपाको विवाद उत्कर्षमा पुगेको छ । उपेन्द्र–बाबुराम पक्षले जेठ ८ गते उनीहरुलाई स्पष्टीकरण सोधेको थियो ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.