खेलकुद क्षेत्रमा २ अर्ब ७४ करोड बजेट विनियोजन

  • २४
  • शनिबार, १५ जेठ २०७८


काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षका लागि खेलकुद क्षेत्रमा बजेट वृद्धि गरेको छ । सरकारले आर्थिक वर्ष २०७८र०७९ को बजेटमा युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।

सरकारले नयाँ आर्थिक वर्षका लागि खेलकुद क्षेत्रको बजेट बढाएको हो । चालू आर्थिक वर्षमै मन्त्रालयलाई २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

अर्थमन्त्री पौडेलले खेलकुद पूर्वाधारलाई केन्द्रमा राख्दै बजेट विनियोजन गरिएको जानकारी दिए । अर्थमन्त्री पौडेलले सार्वजनिक गरेको बजेटमा समूदाय स्तरबाटै खेलकुदलाई प्रोत्साहन गर्न, पूर्वाधार निर्माण र प्रतिभावान खेलाडीको पहिचान गर्न सरकारले बजेट विनियोजन गरेको जानकारी दिए ।
यसैगरी, झापामा मदन भण्डारी रंगशाला निर्माणका लागि बजेट विनियोजन गरिएको छ भने मूलपानी, लमही लगायतका क्रिकेट रंगशालाका लागि पनि बजेट छुट्याएको अर्थमन्त्री पौडेलले बताए । यसैगरी पोखरा रंगशाला निर्माण कार्य पूरा हुने पनि उल्लेख गरिएको छ भने रिटायर्ड खेलाडीहरूलाई सहुलियतमा ऋण उपलब्ध गराउने विषय पनि बजेटमा परेको छ ।

यसैगरी हाई अल्टिच्यूड स्पोर्टस सेन्टर निर्माणका लागि बजेट विनियोजन गरिएको छ भने खेल पर्यटनमार्फत आर्थिक विकासको लक्ष्य पनि लिइएको छ ।

यसैगरी गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पनि बजेट छुट्याइएको छ । यसैगरी पदक आउने खेलमा अन्तर्राष्ट्रिय सहभागीतामा विशेष ध्यान दिइने पनि बजेटमा उल्लेख छ ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.