बानेश्वर दुर्घटनाको भाइरल भिडियो : पूर्वप्रधानमन्त्री चन्दले भने– म दु:खी छु

  • २०९२
  • शनिबार, १६ चैत्र २०७५


काठमाडौं। सशस्त्र प्रहरी बलको भ्यानले एउटा स्कुटरलाई ठक्कर दिएको भिडियो शनिबार सामाजिक सञ्जालमा भाइरल भयो। बा १ झ ९५२७ नम्बरको सो भ्यान पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षामा खटिएको बुझिएको छ।

शुक्रबार साँझतिर बानेश्वरबाट बबरमहलतर्फ जाँदै गर्दा भ्यानले स्कुटरलाई ठक्कर दिएको थियो। तर, दुर्घटना गराएपछि सो भ्यान नरोकिई अगाडि बढेको भिडियोमा देख्न सकिन्छ।

 

दुर्घटनाको कारक भ्यान नै भागेपछि सामाजिक सञ्जालमा निकै आलोचन भइरहेको छ।

ुके जनता भुइँमान्छेको जीवनको केही महत्त्व छैनु, ट्विटर प्रयोगकर्ता लिवाङी अराजकतावादीले आक्रोश पोखेका छन्। अन्यको प्रतिक्रिया पनि उनीसँग मिल्दोजुल्दो छ।

चन्दद्वारा दुःख व्यक्त
आफ्नो सुरक्षाका लागि खटिएको गाडीले स्कुटरलाई दुर्घटना गराइदिएपछि पूर्वप्रधानमन्त्री चन्दले दुःख व्यक्त गरेका छन्। उनले आफूले घटनाबारे शनिबार मात्रै थाहा पाएको बताएका छन्।

मिति २०७५/१२/१५ गतेका दिन नयाँ बानेश्वरस्थित ५:४५ बजेतिर मेरो सुरक्षामा रहेको भ्यान र एउटा स्कुटर दुईवटा गाडीको बीचमा परेर आत्तिएर लडेको र लगत्तै उठी हिँडेको मलाई आज १६ गते सुरक्षाकर्मीले जानकारी गरायो। यसमा म अनभिज्ञ थिएँ तर विभिन्न फेसबुक, मिडियाहरुमा मेरो बारेमा विभिन्न नराम्रा कमेन्ट देख्दा म दुखित छुु, उनले फेसबुकमा लेखेका छन्।

उनले स्कुटरमा सवार व्यक्तिलाई चोटपटक लागेको भएमा आफू भेट्न जाने जानकारी पनि गराएका छन्।

छानबिन गर्दैछौं स् सशस्त्र प्रवक्ता
सशस्त्र प्रहरीका प्रवक्ता सुरजकुमार श्रेष्ठले घटनाबारे छानबिन गरिरहेको बताएका छन्। ुघटना शुक्रबारको हो उनले भने, हामी छानबिन गर्दैछौं।

श्रेष्ठले घटनाबारे उजुरी गर्न कोही पनि नआएको बताए।

धेरै चोटपटक लागेको भए उजुरी आउँथ्यो होला, उनले भने, तैपनि हामीले आवश्यक छानबिन गरिरहेका छौं। दुर्घटनापछि गाडी किन रोकिएन, हतारो के थियो जस्ता कुरा बुझिरहेका छौ।

श्रेष्ठले छानबिनपछि नियमानुसार गरिने कारबाही गरिने बताए।

https://www.facebook.com/chimsay.14/videos/344237896219022/

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.