पूर्वमन्त्री बाँस्कोटाको आक्रोश – विधि पद्धति कर्णालीमा लगेर सेलाउनू

  • १५१
  • शनिबार, ८ जेठ २०७८


काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले जनताले चुनेको सरकारलाई पटक–पटक अप्राकृतिक समीकरणदेखि समीकरणसम्मको गोलचक्करमा रिङ्गाउने षडयन्त्र समाप्त भएको बताएका छन्।

उनले अब इच्छा अनुसारको समीकरण बनाएर चुनावी मैदानमा उत्रन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड–र एमालेका वरिष्ठ नेता माधव नेपाललाई आग्रह गरेका छन्।

जनताले साथ दिए चौकादाउ हान्न पनि उनले आग्रह गरेका छन्। जनताले कोल्याप्स हान्दिए भने गुनासो नगर्न पनि उनको आग्रह छ।

‘अब माधव–प्रचण्डले कुण्ठित इच्छा अनुरुपको समीकरण बनाउनु र जनताले साथ दिएमा चौकादाउ हान्नु, जनताले कोल्याप्स हान्दिए भने सक्यो’, बाँस्कोटाले ट्विटरमा लेखेका छन्, ‘गुनासोको काम छैन। विधि,पद्दति लगेर कर्णालीमा सेलाउनु।’

 
 
 
@GokulPBaskota
जनताले चुनेको सरकारलाई पटक पटक अप्राकृतिक समीकरण देखि समीकरणसम्मको गोलचक्करमा रिङगाउने षडयन्त्र समाप्त।अब माधब-प्रचण्डले कुण्ठित ईच्छा अनुरुपको समीकरण बनाउनु र जनताले साथ दिएमा चौकादाउ हान्नु,जनताले कोल्याप्स हान्दिए भने सक्यो।गुनासोको काम छैन।विधी,पद्दती लगेर कर्णालीमा सेलाउनु।
 

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.