जुन अन्तिमसम्म अमेरिकाले विभिन्न मुलुकलाई ८ करोड डोज खोप दिने

  • १००
  • मंगलवार, ४ जेठ २०७८


काठमाडौँ। अमेरिकाले जुन अन्तिमसम्म विभिन्न मुलुकलाई ८ करोड डोज खोप उपलब्ध गराउने भएको छ ।

राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोनाविरूद्धको ८ करोड डोज खोप दिने घोषणा गरेका हुन्।

तर, कुन-कुन मुलुकलाई खोप दिइने भन्नेबारे बाइडेनले केही पनि खुलाएका छैनन् ।

‘हाम्रो मुलुक बाँकी संसारका लागि खोपको आर्सनल हुँदैछ,’ ह्वाइट हाउसमा बाइडेनले भने,‘अन्धाधुन्ध फैलिरहेको रोग र मृत्युले ती मुलुकलाई अस्थिर त बनाउँछ नै हामीलाई पनि खतरामा राखिरहन्छ।’

अमेरिकाले फाइजर, मोडेर्ना र जोन्सन एन्ड जोन्सनको खोपलाई प्रयोग अनुमति दिएको छ ।

अक्सफोर्डरअष्ट्राजेनेकाको खोपलाई अनुमति दिइनसकेको अमेरिकाले यसअघि ती कम्पनीले बनाएको ४० लाख डोज खोप मेक्सिको र क्यानडालाई दिएको थियो।

बाइडेनले अमेरिकाले अब रूस र चीनले भन्दा बढी खोप अरू मुलुकलाई दिने र खोपको बदलामा मित्र राष्ट्रहरूसँग कुनै ‘सहयोग’ नमाग्ने पनि बताएका छन् ।

यसअघि उनले अक्सफोर्डरअष्ट्राजेनेकाले बनाएको ६ करोड खोप अरू मुलुकलाई दिने बताएकोमा थप दुई करोड डोज खोप पनि दिने घोषणा गरेका हुन् ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.