नेपालमा ८,१६७ संक्रमित थपिए, थप १८७ जनाको मृत्यु पुष्टि

  • १०५
  • शनिबार, १ जेठ २०७८


काठमाडौं । नेपालमा थप आठ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १८ हजार ५४८ स्वाब नमुना परीक्षण गरिएकोमा आठ हजार १६७ को नतिजा पोजिटिभ आएको हो । १७ हजार ९७१ नमुनाको पीसीआर र ५७७ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । योसँगै नेपालमा कुल संक्रमितको संख्या चार लाख ४७ हजार ७०४ पुगेको छ ।


कोरोनाका कारण थप १८७ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या चार हजार ८५६ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर पाँच हजार ४५५ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या तीन लाख ३३ हजार १०८ पुगेको छ ।

कबचदयततबm अझभलत
हाल देशभर सक्रिय संक्रमितको संख्या एक लाख ९ हजार ७४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.