भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने प्रक्रिया अगाढी बढायो

  • २१०
  • शनिबार, १ जेठ २०७८


भक्तपुर । बाग्मती प्रदेश सरकारको पहलमा भक्तपुर अस्पतालमा पनि अक्सिजन प्लान्ट राख्ने प्रक्रिया अगाडी बढेको छ । समयमै अक्सिजन नपाएर उपचार नै प्रभावित भएपछि भक्तपुर अस्पतालले अक्सिजन प्लान्ट राख्ने प्रक्रिया अगाडी बढाएको हो ।
अस्पतालका मेडिकक सुपरिटेन्डेन्ट डा सुमित्रा गौतम र अध्यक्ष मिलन सुवालको पहलमा भक्तपुर अस्पतालमा पनि अक्सिजन प्लान्ट राख्न लागेको हो ।
४ हजार लिटरको दैनिक अक्सिजन आपूर्ती हुनसक्ने प्लान्ट स्थापना गरिने मेसु गौतमले जानकारी गराइन् । यसका लागि बागमती प्रदेश सरकारको मन्त्रीपरिषद बाट निर्णय भएको उनले बताइन् । करिब २ करोड लागतमा युएस कम्पनीको प्लान्ट जडाँन हुने र यसले दीर्घकालीन रुपमा अक्सिजन आपूर्तीको समस्या केहि हदसम्म समाधान हुने मेसु गौतमले बिश्वास व्यक्त गरेकी छन् ।

मेसु गौतमले तत्काल अक्सिजन प्लान्ट जडानका लागि निर्णय गर्न प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई पत्राचार गरेपनि भर्खरै मात्र मन्त्रीपरिषद बाट उक्त निर्णय भएको हो ।भक्तपुरमा मध्यपुर थिमी नगरपालिका द्वारा संचालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले आफै अक्सिजन उत्पादन शुरु गरिसकेको छ ।

 

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.