भक्तपुरमा बैशाख महिनामात्रै ४४ संक्रमितले ज्यान गुमाए : पहिलाको तुलनामा मृत्यु हुने संख्या ४ गुणाले बढ्यो

  • २७३
  • शनिबार, १ जेठ २०७८


भक्तपुर । भक्तपुरमा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या १ सय ७२ पुगेको छ ।
गत बर्ष कोरोना महामारी शूरु भएदेखि शुक्रवार सम्ममा भाइरस संक्रमण पछि मृत्यु हुनेको संख्या १ सय ७२ पुगेको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिएको छ ।
कोरोना माहामारीको पहिलो लहरमा १ सय २८ जनाले ज्यान गुमाएका थिए भने दास्रो लहर सूरु भएको एक महिना अवधिमै ४४ जनाको मृत्यु भइसकेको प्रमुख मिजारको भनाई छ ।
पहिलो लहरको तुलनामा दोस्रो लहरमा ४ गुणा धेरै संक्रतिमले ज्यान गुमाएको हो । शुक्रवार मात्रै भक्तपुरमा ८ जना संक्रमितले ज्यान गुमाएका थिए ।नयाँ भेरियन्ट सहितको दोस्रो लहरको भाइरस पहिलाको भन्दा धेरै कडा खालको रहेकाले धेरै जनामा संक्रमण भएको हो । संक्रमितहरुले समयमै अस्पालहरुमा आइसियू तथा भेन्टिलेटर नपाउदाँ अधिकांसले ज्यान गुमाउनु परेको  प्रमुख मिजारको भनाई छ । अझ संक्रमितहरु पहिला जस्तै भाइरसलाई पराजित गर्न सकिन्छ भन्ने मानसिकताले घरमै बसेपछि उपचारमा ढिलाई हुदा पनि मृत्युबरण गर्नुपरेको उनले बताए । संक्रमणवाट बच्न स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने र निषेधाज्ञाका पुर्ण रुपमा पालना गर्नुपर्ने उनले बताए । भक्तपुर कोरोना भाइसरवाट वाट १५ हजार ७ भन्दा बढी संक्रमित भइसकेका छन भने ४ हजार ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयको तथ्यांक छ ।त्यस्तै ४२ सय भन्दा बढी संक्रमित होम आइसोलेशनमै छन भने ३ सय भन्दा बढी संक्रमितको विभिन्न अस्पताल तथा आइसोलेशन केन्द्रमा उपचार भइरहेको तथ्यांक छ ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.