कांग्रेस उपसभापति गच्छदारलाई पत्नीशोक

  • १०२
  • शनिबार, १ जेठ २०७८


काठमाडौँ : नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई पत्नीशोक परेको छ।

गच्छदारकी श्रीमती निर्मला गच्छदारको उपचारको क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा शनिबार बिहान निधन भएको हो। कोरोना संक्रमणपछि ​उनलाई दुई साता अघि अस्पताल भर्ना गरिएको थियो।


उनको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवाले श्रद्धाञ्जली व्यक्त गर्दै समवेदना प्रकट गरेका छन्।

‘नेपाली कांग्रेसका उपसभापति एवं मेरा मित्र विजयकुमार गच्छदारकी धर्मपत्नी निर्मला गच्छ्दारको निधनको खबरले मर्माहित भएको छु। उहाँको आत्माको चीरशान्तिको कामना गर्दै विजयजी लगायत शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु’, देउवाले शोक वक्तव्यमा भनेका छन्।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.