नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले सुरु गर्यो अक्सिजन उत्पादन

  • १७२
  • शुक्रबार, ३१ बैशाख २०७८


भक्तपुर । भक्तपुर स्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले मेडिकल अक्सिजन उत्पादन सुरु गरेको छ । मध्यपुर थिमी स्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले मेडिकल अक्सिजन प्लान्ट संचालन गरि अक्सिजन उत्पादन सूरु गरेको हो ।
अस्पतालमा उपचारत संक्रमितलाई आवश्यक अक्सिजनको जोह गर्न अस्पताल परिसरमै प्लान्टवाट अक्सिजन उत्पादन सूरु गरेको हो । प्लान्टवाट दैनिक ३० सिलिन्डर अक्सिजन उपत्पादन हुने अस्पतालका अध्यक्ष एवं नगरप्रमुख मदन सुन्दर श्रेष्ठले बताए ।
अक्सिजन उत्पादन सँगै दैनिक रुपमा झेल्दै आएको अभावमा केहि राहत मिलेको प्रमुख श्रेष्ठको भनाई छ । अस्पतालको आइसियू, एचडियू र भेन्टिलेटरमा उपचारत संक्रमितलाई प्लान्ट बाटै कन्ट्रोल गरि अक्जिन प्रवाह गर्ने उनको भनाई छ । उपत्यकाका विभिन्न अस्पतालमा मेडिलक अक्सिजन अभाव भएर संक्रमितको उपचारमा समस्या आएपछि मध्यपुर थिमी नगरपालिकाले संचालन गरेको यस अस्पतालले प्लान्ट संचालनमा अएसँगै अक्सिजन नपाएर संक्रमितको मृत्यु हुने जोखिम तरेको अस्पतालका प्रमुख श्रेष्ठले बताए ।

अक्सिजन अभावलाई कम गर्न ६० लाख रुपैया खर्च गरेर प्लान्ट जडान गरिएको प्रमुख श्रेष्ठको भनाई छ ।
यस प्लान्टले वातावरणमा रहेको हावालाई फिल्टर गरि अक्सिजन उत्पादन गर्ने गर्दछ अस्पतालमा जम्मा ४३ जना संक्रमितको उपचार भइरहेको छ ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.