वैशाख २२ र २३ गते सांसदको पीसीआर परीक्षण

  • ७१
  • मंगलवार, २१ बैशाख २०७८

काठमाडौँ । वैशाख २२ र २३ गते सांसदको कोरोना परीक्षण हुने भएको छ। संघीय संसद सचिवालयका अनुसार दुई दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सांसदको पीसीआर परीक्षणका लागि संसद्‍ भवन नयाँ बानेश्वरमा स्वाब संकलन गरिने छ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट वैशाख २७ गतेका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान भएपछि कोरोना परीक्षण हुन लागेको हो। संसदसँगै संघीय संसद सचिवालयका कर्मचारी, मर्यादापालक र संसदीय रिपोर्टिङमा खटिने पत्रकारको स्वाब संकलन गरिने छ।

प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने प्रयोजनका लागि मात्र संसदको विशेष अधिवेशन वैशाख २७ गतेका लागि बोलाइएको हो।
 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.