भक्तपुरमा सुत्केरीलाई सेकताप गर्ने क्रममा निस्सासिएर एकको मृत्यु ,दुई अचेत

  • ९१
  • मंगलवार, २१ बैशाख २०७८

भक्तपुर । भक्तपुरको सुर्यविनायक स्थित मिलनचोकमा एकै परिवारका तीन जना अचेत अवस्थामा फेला परेका छन । अचेत अवस्थामा फेला परेका मध्ये एक जानको मृत्यु भएको छ भने दुई जनाको मध्यपुर अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिषर भक्तपुरले जानकारी दिएको छ ।
गत आइतवार राती सुत्केरीलाई सेकताप गर्ने क्रममा कोइलाको धुवाले उनीहरु निस्सासिएर अचेत भएको प्रहरीको भनाई छ ।

अचेत अवस्थामा फेला परेका काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका-३ गुडुवाल घर भई हाल सूर्यविनायक-१० मिलन चोक डेरा गरी बस्ने २२ वर्षीया सुनिता तामाङको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

अचेत अवस्थामा मृतककी आमा वर्ष ४० की शान्ती माया ब्लोन तामाङ, बहिनी वर्ष १८ की अनिता तामाङको भने मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा घटना स्थलको प्रकृति हेर्दा अनिता तामाङ सुत्केरी भएकोले सुत्केरीलाई सेकताप गर्न मकलमा बालेको कोइला र सम्पूर्ण झ्याल ढोका बन्द अवस्थामा रहेकाले अक्सिजन अभावमा अचेत भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। बच्चा भने सो राति घटना हुन अगावै भाञ्जा पर्ने सोनाम तामाङको साथी जेम कुसुलेको जेठान दाई र दिदिलाई पालान पोषणका लागि जिम्मा दिएकाले बच्चा सुरक्षित रहेको प्रहरीको भनाई छ ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.