निषेधाज्ञा अवधिभर सुनचाँदीको कारोबार प्रभावित हुने

  • १०१
  • शुक्रबार, १७ बैशाख २०७८


काठमाडौं । कोरोना महामारीका कारण काठमाडौं उपत्यकालगायत देशका विभिन्न सहरहरुमा जारी निषेधाज्ञाका कारण सुनचाँदीको कारोबार प्रभावित भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले निषेधाज्ञा जारी रहेका स्थानमा सुनको कारोबार पनि हुन नसक्ने जनाएको छ । यस्तो अवस्थामा बैंकहरुले सुरक्षाको कारण देखाउँदै सुन आयात गर्न अप्ठ्यारो हुने जनाएकाले सुन आयात हुन पनि कठिनाइ भएको जनाएको छ ।


निषेधाज्ञा अवधिभर महासंघको कार्यालय बन्द गर्ने निर्णय गरिए पनि केही जिल्लामा कारोबार भइरहेकोले सुनचाँदीको दरभाउ भने तोक्दै आएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।

मोफसलका केही जिल्ला र सहरहरु मात्र खुलेकाले दैनिक २० किलो सुन ल्याउन आवश्यक नदेखिएको पनि उनले बताए ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.