अभिनेता मिथुनलाई कोरोना संक्रमण

  • ११२
  • मंगलवार, १४ बैशाख २०७८

काठमाडौं । बलिउड दिग्गज अभिनेता तथा राजनीतिकर्मी मिथुन चक्रवर्तीलाई कोरोना संक्रमण भएको छ । उनी अहिले होम क्वारेन्टाइनमा छन् ।

दैनिक भास्करका अनुसार ७० वर्षका मिथुनले आफ्नो करियरमा ३ सय ५० बढी फिल्ममा अभिनय गरेका छन् । जसमा हिन्दी, बंगाली, उडिया, भोजपुरी, तमिल, तेलुगु, कन्नड र पञ्जाबी भाषाका छन् ।

दुई दिन अघि मात्र मिथुनमाथि कोभिड प्रोटोकल तोडेको आरोप लागेको थियो । तृणमूल काँग्रेसका नेता सौगता रोयले बीजेपी नेता दिलीप घोष र मिथुन चक्रवर्ती कोभिड नियम उल्लंघन गर्दै ५ सय बढी मानिसहरुलाई भेला पारेर मिटिङ गरेको दाबी गरेका थिए ।

यो विषयमा उनले चुनाव आयोगमा उजुरी दिँदै उचित कारवाहीको माग गरेका थिए ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.