राष्ट्रसंघका विज्ञले भने : मानव अधिकार आयोगको नियुक्ति सच्याऊ

  • १०६
  • मंगलवार, १४ बैशाख २०७८

काठमाडौं । मानव अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघ उच्चायुक्तको कार्यालयको एक विज्ञ समूहले राष्ट्रिय मानव अधिकार आयोगमा हालै गरिएको पदाधिकारी नियुक्ति आयोगको स्वायत्तता र अन्तर्राष्ट्रिय मापदण्डअनुसार नभएको भन्दै सच्याउन आग्रह गरेको छ ।

उच्चायुक्तको कार्यालयका ८ विज्ञहरुले मंगलबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आयोगमा हालै भएको नियुक्ति सच्याएर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाउन आग्रह गरेका छन् ।

‘हामी नेपाल सरकारलाई संवैधानिक निकायहरुमा भएको नियुक्ति उल्टाउन र खुला, पारदर्शी, वृहत परामर्श र सहभागितासहितको नयाँ प्रक्रियाको सहजीकरण गर्न आग्रह गर्दछौ,’ विज्ञप्तिमा भनिएको छ, ‘कानुनको शासनमा आधारमा प्रजातान्त्रिक राज्यको प्रभावकारी संचालनका लागि स्वतन्त्र र निष्पक्ष आयोग महत्वपूर्ण छ ।’ विज्ञहरुले सो विषय नेपाल सरकारलाई जानकारी गराइसकेको समेत उल्लेख गरेका छन ।

यस अगाडि राष्ट्रसंघको उच्चायुक्तको कार्यालयले नियुक्तिका सम्बन्धमा नेपाल सरकारलाई एक पत्र नै पठाएर चासो राखेको थियो र नेपाल सरकारले त्यसको जवाफ दिएको थियो ।

त्यसपछि सन्तुष्ट नभएको राष्ट्रसंघीय निकायले यो प्रकारको नियुक्तिले आयोगको स्वायत्तता र वैधानिकतालाई अवमूल्यन गरेको निश्कर्ष निकालेको छ । ‘नियुक्ति प्रक्रिया अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नभएकोमा हाम्रो हाम्रो गम्भीर चासो छ,’ विज्ञप्तिमा भनिएको छ,‘यसले आयोगको स्वायत्तता, निष्ठा र वैधानिकतालाई अवमूल्यन गरेको छ । यसले मानव अधिकार उल्लंघनका घटनामा उपचार खोज्ने नेपाली जनताको पहुँचलाई वञ्चित गर्नेछ ।’

उनीहरुले आयोगको स्वायत्ततामा जोड दिएका छन् । आयोगमा भएको नियुक्तिले नेपालको संविधान र कानुन अनुसार समेत नभएको उनीहरुले उल्लेख गरेका छन् ।

सरकारले अध्यादेश ल्याई संवैधानिक परिषदका ३ जना सदस्यको उपस्थितिमा बैठक गरी मानव अधिकार आयोगलगायत विभिन्न संवैधानिक निकायमा नियुक्ति सिफारिस गरेको थियो । संवैधानिक निकायका पदाधिकारी संसदीय सुनुवाइपछि मात्र नियुक्ति हुने व्यवस्था भए पनि संसद विघटनको समयमा उनीहरु विना सुनुवाइ नियुक्त भएका थिए ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.