बुद्धकृष्णले आठौँ पटक जिब्रो छेडाए

  • ११३
  • बिहीवार, २ बैशाख २०७८


भक्तपुर । विस्का जात्रा अन्तर्गत मध्यपुर थिमीको बोडेका स्थानिय बुद्धकृष्ण श्रेष्ठले आठौँ पटक जिब्रो छेडाएर बोडेको जात्रा लाई निरन्तरता दिएका छन । यस अघि पनि विभिन्न समयमा उनले ७ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका थिए ।

बुद्धकृष्णले २०६२ साल देखि २०६५ साल सम्म ४ पटक निरन्तर जिव्रो छेडाएर जात्रालाई निरन्तरता दिए । त्यसपछि फेरी २०७४ साल देखि २०७६ साल सम्म तीन पटक जिब्रो छेडाए ।

बोडेवासीलाई भुत,ख्याक र प्रेत्आत्माले दुख नदिउन र बोडे बासीको सुखसमृद्धिको कामना गरि सयौ मानिसको भिडमा एक महिना अगाडी देखि तेलमा डुवाएर राखेको १० ईन्च लामो सुइरोले जिव्रो छेडका छन । नयाँ बर्षको दोस्रो दिन कर्मी नाइकेले विभिन्न देवगणको पूजा गरी जिब्रो छेड्न पाँचो गणेशको प्राङ्गणमा जिब्रो छेडाउने गरिन्छ ।


जिव्रो छेडिसकेपछि बाँस एवम् निगालोले बनेको अर्धचन्द्राकार महाद्वीप बालेर बुद्धकृष्णले वोकेर बाजागाजा सहित वोडे नगर परिक्रमा गरेका थिए । नगरपरिक्रमा पछि बोडे कै महालक्ष्मि मन्दिर गरि सुइरो निकालि त्यहि राख्ने प्रचलन छ । जिव्रो छेडाएका व्यक्तिले पनि सोहि मन्दिरको माटो सुइरोले घाउ बनाएको जिव्रो राख्ने गरिन्छ ।

प्रत्येक बर्षको बैशाख २ गतेका दिन श्रेष्ठ थरका व्यक्ती जिव्रो छेडेर जात्रालाई निरन्तरता दिदै आएको छ । जात्रामा जिब्रो छेड्ने व्यक्तिले जिब्रो छेड्ने तीन दिनअघिदेखि केही खानुहँदैन । जिब्रो छेड्न व्रत बस्दा कुकुर, हाँस, कुखुरा र महिलालाई समेत छुन नहुने चलन छ ।
गत बर्ष विश्वभर फैलिएको कोरोना माहामारी र लकडाउनका कारण जिव्रो छेड्ने जात्रा रोकिएको थियो ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.