कफी पिउने व्यक्तिमा छालाको क्यान्सरको जोखिम कम

  • ९१
  • मंगलवार, ३१ चैत्र २०७७

काठमाडौँ । चियाका अम्मली जस्तै हुन् कफीका पारखिहरु । शहरतिर क्याफेमा बसेर कफीको चुस्किसँगै गफ गर्नुको मज्जै बेग्लै हुन्छ । तर कफी हाम्रो स्वास्थ्यकालागी फाइदाजनक छ त रु

कुनै पनि चिजको बढि उपयोग गरे यसको हानी हुनु स्वभाविक हो । कफी पनि यस्तैमा पर्दछ । कफीको अत्यधिक सेवन गरे यसले हानी पुर्‍याउँछ । तर निश्चित मात्रामा कफीको सेवन गरे यसले केही लाभ भने पुर्याउँछ ।

जर्नल अफ द नेसनल क्यान्सर इन्सन्टिच्युटको एउटा aअध्ययन प्रतिवेदनमा कफीको यस्तै एक लाभबारे दाबी गरिएको छ । अध्ययनमा दिनहुँ चार कपसम्म कफी खाने गरे छालाको क्यान्सरबाट बच्न सकिने तथ्य आएको छ । यद्यपि यो प्रारम्भिक तथ्य मात्र थियो ।

अध्ययनमा दिनहुँ कफी खाने ४ लाख ४७ हजार ३ सय ५७ व्यक्तिको स्वास्थ्यलाई निरन्तर एक दशकसम्म निगरानी गर्दा कफी खाने व्यक्तिमा छालाको क्यान्सरको जोखिम कम रहेको देखिएको थियो । अर्थात्, दिनहुँ चार कपसम्म कफी खाने व्यक्तिहरूमा छालाको क्यान्सरको जोखिम २० प्रतिशतसम्म कम देखियो ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.