स्वास्थ्य मन्त्रालय भन्छ- ‘एक महिनाका लागि विद्यालय बन्द नगरी हुँदैन’

  • १२९
  • मंगलवार, ३१ चैत्र २०७७

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरमा रहेका विद्यालयहरु एक महिनाका लागि बन्द गर्न सिफारिस गरेको छ । मन्त्रालयको सिफारिसअनुसार एक महिनाको अवधिमा अनलाइन कक्षामार्फत पठन पाठन गराउनुपर्ने छ ।

दोस्रो चरणको कोरोना संक्रमणका कारण ५ वर्षभन्दा मुनिका बालबालिकालाई स्वास्थ्यमा गम्भीर असर परेको मन्त्रालयको विश्लेषण छ । त्यसैले कम्तीमा ३० दिन विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउन खोजिएको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बतानुभएको छ ।

मन्त्री त्रिपाठीका अनुसार यसबारे कोभिड-१९व्यवस्थापन सेन्टर (सीसीएमसी) र मन्त्रिपरिषदमा पनि छलफल भएको तर यसबारे निर्णय हुन बाँकी रहेको छ ।

आगामी जेठ अन्तिम साता र असार पहिलो सातामा दैनिक ११ हजार जना संक्रमित हुन सक्ने पनि मन्त्री त्रिपाठीले बताउनुभएको छ । उहाँका अुनसार सक्रिय संक्रमितको संख्या ६ लाख पुग्ने प्रक्षेपण गरिएको छ ।

अहिले नै उचित मापदण्ड पूरा गर्न सकिए पुनः लकडाउन गर्न नपर्ने उहाँको भनाइ रहेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले तत्काल विद्यालय बन्द नगर्ने निर्णय गरेको र यसबारे मंगलबार जानकारी गराइने जनाइएको छ । तर, मन्त्रालयले भने पुनः एक महिनाका लागि विद्यालय बन्द गर्न सिफारिस गरेको छ ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.