प्रधानमन्त्री ओली ‘फाँसीवादी बाटो’मा हिँडेको अध्यक्ष प्रचण्डको आरोप

  • ९८
  • शुक्रबार, २० चैत्र २०७७

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली फाँसीवादी बाटोमा हिँडिरहेको आरोप लगाएका छन् ।

प्रो.माणिकलाल श्रेष्ठको श्रध्दाञ्जली कार्यक्रममा शुक्रबार बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको बाटो फाँसीवादी भएको बताएका हुन् ।

उनले मुल्य मान्यताले बनाएका नियमहरुलाई उल्लंघन गर्दै समाजलाई निरङ्कुशतातर्फ प्रधानमन्त्री ओलीले धकेल्न खोजेको बताए । उनले फाँसीवादी बाटोको उदाहरण संसद विघटन भएको तर्क गरे ।

संवैधानिक निकाय र सबैतिर सेटिङले मात्रै चल्ने वातावरण बनाउनु राम्रो शंकेत नभएको उल्लेख गर्दै गलत प्रवित्तिको अन्त गर्न एकजुट भएर आन्दोलनमा जानसक्नुपर्ने तर्क गरे ।

अध्यक्ष प्रचण्ड अहिले भइरहेका क्रियाकलापको विरोध गर्न नसके माणिक लालश्रेष्ठप्रति सच्चा श्रद्धाञ्जली हुन नसक्ने बताए ।

लामो समय निरंकुशताले मधेसी, महिला, आदिवासीलाई गरेको विभेद हटाउन आफूहरुले लामो युद्ध लडेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले विभिन्‍न आन्दोलनले स्थापित मुद्दाहरु र शहीदको रगतलाई खेर जान नदिने जिकिर गरे ।

उनले विकासको नाममा जनतामाथि दमन गर्न नपाईने बताए । वाम बुद्धिजीवी तथा नेपालभाषाका समालोचक प्रा। माणिकलाल श्रेष्ठको मेडिसिटी अस्पतालमा गत मंगलबार ८९ वर्षको उमेरमा मृत्यु भएको थियो ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.