घरमा कुन ठाउँमा राख्ने तुलसीको बोट ?

  • १३६
  • शुक्रबार, २० चैत्र २०७७

काठमाडौं ।तुलसी  बोट औषधीय गुणले भरपूर छ अनि हिन्दू धर्मावलम्बीको आस्थाको प्रतीक पनि हो ।

तर तुलसीको बोट सही दिशामा राख्दा मात्र यसको पुण्यफल प्राप्त हुन्छ ।

वास्तुशास्त्र अनुसार तुलसीको बोटको सही दिशा कुन हो ?

खासमा तुलसीको बोट घरको आँगनमा, केन्द्र भागमा वा पूर्वोत्तर दिशामा राख्नुपर्छ । बाल्कोनीमा वा झ्यालको उत्तर वा उत्तरपूर्व दिशामा पनि राख्न सक्नुहुन्छ ।


तुलसीसँग सिउँडी वा काँडादार कुनै पनि बोटबिरुवा राख्नुहुँदैन ।

उत्तरपूर्व दिशा धनका देवता कुबेरको दिशा मानिन्छ । त्यसैले आर्थिक समृद्धिका लागि तुलसी उत्तरपूर्व दिशामा राखेको राम्रो हुन्छ ।

तुलसी घरमा राख्दा अवश्य पूजा गर्नुपर्छ । तुलसीको मोठमा साँझ दियो बाल्दा माता लक्ष्मीको कृपा बर्सिन्छ भन्ने मान्यता छ ।

वास्तुका दोषलाई पनि तुलसीले निवारण गर्छ ।

तर तुलसी राखेको ठाउँ जहिले पनि सफासुग्घर राख्नुपर्छ । एजेन्सी

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.