माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नगर्ने

  • १३६
  • बिहीवार, १९ चैत्र २०७७

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नगर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपनि केन्द्रले तत्काल सरकारलाई दिएको समर्थन भने फिर्ता नलिने भएको हो ।

आज पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटीको अनौपचारिक बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता बारे छलफल भएपनि निर्णय नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले फेरि अर्को बैठक बसेर नयाँ निर्णय गर्ने बताए । प्रवक्ता श्रेष्ठले सरकारबारे नेपाली कांग्रेस र जसपाले निर्णय नगरेकोले अहिले नै आफ्नो पार्टी समर्थन फिर्ताबारे निर्णय नलिएको बताए ।

प्राविधिक पत्र नपठाए पनि यो सरकारलाई माओवादीको समर्थन नरहने उनले बताए । प्रवक्ता श्रेष्ठले भने, ‘हाम्रो पार्टीको स्ट्यान्डबाई पोलिसी छ । यो सरकारलाई हाम्रो समर्थन छैन। हामीले टेक्निकली मात्रै अहिलेको सन्दर्भमा चिठी लेखिसकेका छैनौं। हामीले यो पार्टीको एकतापछि यो सरकार ७६९१० को सरकार भएको थियो। सर्वोच्च अदालतको फागुन २३ गतेको आदेशले नेकपालाई दुईटा पार्टीमा विभाजन गरिदिइसकेपछि हामीसँग समर्थन मागेको पनि छैन । हामीले पनि औपचारिक समर्थन गरेका पनि छैनौँ। त्यसले अरु कुनै प्रक्रियालाई रोक्दैन।’

प्रवक्ता श्रेष्ठले आफूहरुले प्रतिगामी कदम चाल्ने सरकार ढालेर त्यसविरुद्ध उत्रेका दलहरूको सरकार बनाउने बताए ।

‘अरू दलसँग हामीले वार्ता गरिरहेका छौँ। उहाँहरुले स्पष्ट रुपमा धारणा राख्नुपर्यो भनेका हौँ। ओलीलाई समर्थन गरे पनि हुन्छ’ उनले भने, ‘हामी ओली सरकारलाई हटाएर संसद दुई बर्ष चलाउन चाहान्छौँ। प्रतिगामी कदम चाल्ने सरकार अदालतको निर्णयपछि जानुपर्ने हो। हामीले प्रतिगमनको विरुद्ध लाग्ने मिलेर सरकार बनाऔँ भनेका हौँ। हामी अरुलाई लाद्न सक्दैनौँ।’

 

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.