ज्योति लाइफ इन्स्योरेन्सको आईपिओ बाँडफाँड, ४४ हजार जनाको आवेदन अयोग्य

  • ११९
  • शुक्रबार, १३ चैत्र २०७७


काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले शुक्रबार दिउँसो १ बजे ज्ञानेश्वर स्थित ज्योति लाइफ इन्स्योरेन्सको भवनमा आईपिओ बाँडफाँड गरेको ।

आईपिओमा कुल १८ लाख ४२ हजार ४ सय ८० जनाको आवेदन परेको क्यापिटलले जनाएको छ । जस मध्ये १७ लाख ९७ हजार ८ सय ३५ जना मात्र योग्य आवेदक कायम भएको क्यापिटलले जनाएको छ । यस हिसाबमा ४४ हजार ६ सय ४५ जना आवेदक अयोग्य भएका छन् ।

योग्य कायम भएका १७ लाख ९७ हजार ८ सय ३५ जना आवेदकलाई गोलाप्रथामा समावेश गरेर शेयर बाँडफाँड भएको छ । जसमा ५ लाख ९४ हजार लगानीकर्ताले मात्र १० कित्ताका दरले शेयर पाएका छन् । आवेदन दिएका मध्ये १२ लाख ४८ हजार आवेदक हात खाली भएका छन् ।

ज्योति लाइफले फागुन २१ देखि फागुन २६ गतेसम्म आईपिओ निष्काशन गरेको थियो । लगानीकर्ताको संख्याको हिसाबमा कुनै पनि आईपिओमा साढे १६ लाख बढीको आवेदन परेको यो नै पहिलो पटक हो ।

कम्पनीले १०० अंकित दरका ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता सामूहिक लागनी कोषहरुलाई र ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई सुरक्षित गरिएको थियो ।

बाँकि रहेको ५९ लाख ४० हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन्। लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने ब्यबस्था थियो । फागुन २४ गते महिला दिवस र २२ गते शनिवारको सार्वजनिक विदा परेकोले कम्पनीको आईपिओ कुल ६ दिन बिक्रि खुला रहेको थियो । आइपिओ बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी २ अर्ब २० करोड पुग्नेछ ।

आईपिओ नतिजा मेरोशेयर, सिडीएसले आईपिओ नतिजाको लागि तयार पारेको वेबसाइट र बिक्रि प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइटबाट हेर्न सकिने छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.