म्यानचेष्टर सिटी एफए कपको सेमिफाईनलमा

  • २६९
  • आइतबार, ३ चैत्र २०७५

एजेन्सी । म्यानचेष्टर सिटी एफए कप फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा स्वान्सी सिटीमाथि नाटकिय जित हात पार्दै म्यानचेष्टर सिटी प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो ।

छैटौ चरणको खेलमा दुई गोलले पछाडी परेको स्थितीलाई उल्ट्याउँदै म्यानचेष्टर सिटीले ३–२ गोल अन्तरको जित निकालेको हो ।

सुरुवाती २० औ मिनेटमा माट ग्रिम्सले पेनाल्टीमा गोल गर्दै स्वान्सीलाई सुरुवाती अग्रता दिलाए । बर्सेट सेलिनाले २९ औ मिनेटमा स्वान्सीको अग्रता दोब्बर पारेका थिए । तर दोस्रो हाफमा लगातार तीन गोल गर्दै सिटीले खेल आफ्नो पक्षमा पा¥यो ।

६९ औ मिनेटमा बर्नाल्डो सिल्भाले गोल गर्दै सिटीलाई खेलमा फर्काउने कोशिश गरे । स्वान्सीका गोलकिपर क्रिस्टोफर नार्डफेल्डको ७८ औ मिनेटमा आत्मघाति गोलमार्फत सिटीले खेल बराबरी गरेको थियो ।

वैकल्पिक खेलाडीको रुपमा दोस्रो हाफमा मैदान छिरेका सर्जियो अग्युरोले खेल सकिन दुई मिनेट बाँकी छदाँ गोल गर्दै सिटीलाई नाटकिय जित दिलाएका थिए ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.