अविश्वास प्रस्ताव राख्न प्रधानमन्त्रीको चुनौती

  • १६९
  • शनिबार, ७ चैत्र २०७७

 

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अविश्वास प्रस्ताव राख्न चुनौती दिएका छन् ।

एमाले संसदीय दलको बैठकमा ओलीले आफूले राजीनामा नदिने स्पष्ट पार्दै संसदमा अविश्वास प्रस्ताव ल्याउन चुनौती दिएका हुन् । प्रधानमन्त्रीबाट राजीनामा माग्नेहरुलाई अविश्वास प्रस्ताव राख्न उनले चुनौती दिएका हुन् ।
एमालेको नेपाल–खनाल पक्षसँगै कांग्रेसका केही नेताहरुले आफैंले विघटन गरेको संसद पुनःस्थापना भएको अवस्थामा ओलीले नैतिकताका आधारमा पनि प्रधानमन्त्री पदबाट राजीनामा दिनु पर्ने बताउँदै आएका छन् ।

ओलीले एमाले नेता माधवकुमार नेपालतर्फ लक्षित गर्दै आफैंसँग हारेको व्यक्तिले अध्यक्ष पद मागेको भन्दै व्यङ्य गरे, “मैसँग हारेको मान्छेले फेरि किन अध्यक्ष मागेको ?”

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.